एनआईबिएल म्युचुअल फण्ड–१ को खुद सम्पतिको मुल्य १२ दशमलव ५९ प्रति इकाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईबिएल म्युचुअल फण्ड–१ को खुद सम्पतिको मुल्य १२ दशमलव ५९ प्रति इकाई



384619455_1456210825काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड-१ को खुद सम्पतिको मुल्य गत महिनाको अवधि भन्दा शुन्य दशमलव ६७ प्रति इकाई घटेर १२ दशमलव ५९ प्रति इकाई रहेको छ । गत महिमा ११ दशमलव ९२ प्रति इकाई रहेको थियो ।

एनआईबिएल म्युचुअल फण्ड–१ ले १२ करोड रुपैयाँ शेयर लगानी गरेको छ । गत महिनामा १० करोड ६४ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ३ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । यस महिनामा आम्दानीमा ३५ प्रतिशतले बढेर २७ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १७ दशमलव ३६ प्रतिशतले बढेर १ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको ४० हजार ७ सय ८५ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी अपि पावर कम्पनीको २५ हजार कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी सिटी डेभलपमेन्ट बैंकको २० हजार ७ सय ५६ कित्ता, इन्स्योरेन्समा सबैभन्दा बढी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २० हजार २ सय ५३ कित्ता, र फाइनान्समा इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनीको १२ हजार ३ सय ४ कित्ता रहेका छन् ।

प्रकाशित : ११ फाल्गुन २०७२, मंगलवार ०७:३९