निजगढ–काठमाडौं फास्ट ट्रयाक निर्माणको गति सुस्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निजगढ–काठमाडौं फास्ट ट्रयाक निर्माणको गति सुस्त



बारा । राजधानीलाई तराईसँग जोडने बाराको निजगढ–काठमाडौं फास्ट ट्रयाक निर्माणको गति सुस्त भएसँगै तराईबासी चिन्तित भएका छन ।
तराईको ठुलो हिस्सालाई भौगोलिक रुपमा राजधानीसँग जोड्ने यो सडकमा सरकारको चासो कम देखिएपछि तराइबासी चिन्ता र चासो ब्यक्त गर्न थालेका हुन ।
बाराको निजगढ, मकवानपुर, ललितपुरहुँदै काठमाडौंसम्म ७६ किलोमिटरको सडकमा ट्रयाक खन्न र मुआब्जा बाँड्न १ अर्ब ६४ करोड रुपैयाँ सरकारले खर्च गरी सकेको छ ।
यो फास्ट ट्रयाक समय, श्रम, उर्जा र ईन्धन बचतको दृष्टिकोणले उतिकै महत्वपुर्ण रहेको भन्दै राष्ट्रिय गौरवको सूचीमा पर्दा पनि काम सुस्त हुँदा उपेक्षित भएको हुन सक्ने आशंका स्थानीयको छ ।

KTM-Nijghad-fast-Track
फास्ट ट्रयाक निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन अब आन्दोलनमा आउनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ । उनीहरुले फास्ट ट्रयाकलाई राजनीतिक मुद्दा बनाउँदा निर्माणमा ढिलाई भएको आरोप लगाएका छन् ।
सडकको ट्रयाक नेपाली सेनाले खोलिसकेपछि त्यतिकै छाडेका कारण रुख बिरुवा उम्रन थालेको छ । करिब ४ दशक अघि चर्चा चलेको यो सडक ८ बर्ष अघि योजनाको रुपमा अघि बढाइएको हो ।

प्रकाशित : ११ फाल्गुन २०७२, मंगलवार ०७:४७