इलेक्ट्रोनिक ट्रान्जेक्शनकाे मुल समस्या नितिगत ब्यवस्था नै होः निलेशमान सिह प्रधान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कुराकानी

इलेक्ट्रोनिक ट्रान्जेक्शनकाे मुल समस्या नितिगत ब्यवस्था नै होः निलेशमान सिह प्रधान



नेपाल क्लियरिङ हाउस लिमिटेड नेपालमा वित्तीय कारोबारको क्लियरिङ हाउसको कार्य गर्ने पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीकोस्थापना २०६५ मंसिर २३ मा नेपालको केन्द्रिय बैंकको अगुवाईमा भएको थियो । यस कम्पनीमा नेपाल राष्ट्र बैंक, स्मार्ट च्वाइस टेक्नोलोजिज लगायत विभिन्न बैक तथा वित्तीय संस्थाको लगानी रहेको छ । मुलुकभरका बैंक तथा वित्तीय संस्थाको चेक राफसाफ गराउने, अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा दिने लगायतका नेपाल क्लियरिङ हाउसले गर्छ । यसकोस्थापना हुनुपूर्व चेक राफसाफ भएर भुक्तानी पाउन १ महिनादेखि ४५ दिनसम्म लाग्थ्यो । अहिले त्यो काम २४ घण्टाभित्रै हुन्छ । पछिल्लो समय नेपालमा इलेक्ट्रोनिक ट्रान्जेक्शनको अवस्था र समस्याका बारेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिह प्रधानसंगको कुराकानीः

नेपालमा इलेक्ट्रोनिक ट्रान्जेक्शनको अवस्था कस्तो छ ?
विधुतिय भुक्तानीको कुरा गर्दा हामी भर्खर सुरुवाती चरणमा छौ । सबै भन्दा बढी क्यास ट्रान्जेक्शन नै हुन्छ । तर विगत चार पाच बर्ष पछि हेर्दा क्यासको कारोबार संगै चेकको कारोबार पनि राम्रो बृद्धि भएको देखिन्छ । अन्य मुलुकमा हेर्ने हो भने विधुतिय भुक्तानीलाई बढी नै प्रथामिकता दिइएको छ ।

निलेशमान सिह प्रधान

हाम्रो मुलुकमा यसलाई अगाडी बढाउन नसक्नुको समस्या के के छन ?

बाहिरी मुलुकमा क्यास भन्दा पनि डिजिटल पेमेन्टलाई बढावा दिनको लाई सरकारको नितिगत ब्यवस्था, बैंकहरुको सेवाहरुलाई प्रथामिकता दिएका छन । विकसित मुलुकको तुलनामा इलेक्ट्रोनिक ट्रान्जेक्शनमा हामी पछाडी नै छौँ । समस्याको कुरा गर्ने हो भने हाम्रो नितिगत ब्यवस्था नै हो । विगत दुई बर्ष यता नेपाल सरकार र नेपाल राष्ट्र बैंकले यसलाई निकै प्रथामिकतामा राखेको छ । नितिगत ब्यवस्थामा बिस्तारै खुल्दै आएको छ । डिजिटल पेमेन्टमा चाहिने पुर्वाधारमा लगानीमा नेपाल राष्ट्र बैंक संगै अन्य क्षेत्रले चासो देखाएका छन् । समस्या छ, तर आउने दिनमा निकै सकारात्मक हिसाबले अगाडी बढ्ने देखिन्छ ।


अघिल्लो आर्थिक बर्षमा कति चेक मार्फत राफसाफ भए ?

हामीले प्रधान गर्ने सेवा भनेको जम्मा तिनवटा छन् । चेक संग सम्बन्धीत रहेको एनसिएचसि इसिसि, दोस्रो एनसिएचसि आइपिएस जस्ले चेक बिना नै एक बैंकको खाताबाट अर्को बैंकमा रकम पठाउने वा लिन सक्नेर कनेक्ट इपेमेन्ट कस्टमरले आफ्नो मोवाइलबाट नै लिन सक्ने सेवा हो । चेक राफसाफको कुरा गर्ने हो भने हामी सातौ बर्षमा छौँ । गत बर्ष हामीले ९६ लाखको चेक राफसाफ गरेका छौँ । यो बर्ष बैशाख अन्तिम सम्ममा ९१ लाख चेक प्रोसेस गरेका छौ । तुलनात्मक रुपमा हेर्दा चेकको कारोबार बढेको छ । इन्टर बैंक पेमेन्ट सिस्टम तेस्रो बर्षमा चलेको छ । पहिलो बर्षमा ४ लाख ९४ हजार ट्रान्जेक्सन प्रोसेस गरेका थियौँ । गत बर्षमा हामीले १८ लाख जति ट्रान्जेक्सन भयो । यो बर्ष बैशाख सम्म ४० लाख जति इन्टर बैंक पेमेन्ट सिस्टमको प्रोसेस भयो । यो झान्डै दोब्बर हो । कनेक्ट आइपिएस यही बर्ष सञ्चालनमा आएको हो । यो संचालन भएको पाँच महिना जति मात्रै भएको छ । यसमा दिनको करिब साढे ३ करोडको कारोबार गर्दै आएका छौँ । दैनिक कारोबारको आधारलाई हेर्ने हो भने आजको दिनमा चेकमा करिब ३० अर्बको कारोबार गछौँ । इन्टर बैंक पेमेन्ट सिस्टममा करिब ६ अर्बको कारोबार गछौँ । ‘कनेक्ट आइपीएस मा साढे ३ देखि चार कारोड सम्मको कारोबार गर्दै आएका छौँ ।

गत बर्षमा हामीले १८ लाख जति ट्रान्जेक्सन भयो । यो बर्ष बैशाख सम्म ४० लाख जति इन्टर बैंक पेमेन्ट सिस्टमको प्रोसेस भयो । यो झन्डै दोब्बर हो ।

इन्टर बैंक सिस्टममा पेआउटको कुन सेक्टरमा बढी छ ?
इन्टर बैंक सिस्टममा पेआउट भनेर हेर्दा नम्बरको हिसाबले सिजनल डिभिडेन पे हरु कारोबार बढी छ । रेमिट्यान्स संग सम्बन्धीत कारोबारहरु बढी छ । सरकारी कारोबारहरु बढेका छन् । अन्य सेक्टरहरुको पनि सहभागिता बढ्दै गएको छ । बिजनेसप्लसबाट

प्रकाशित : १९ असार २०७६, बिहीबार १५:२६