सगुन डटकमको २.१ भर्सन सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सगुन डटकमको २.१ भर्सन सार्वजनिक



Sagoon-2.1काठमाडौ । सगुन डटकमले सगुन २.१ भर्सन सार्वजनिक गरेको छ । सगुन इन्क अन्तर्गतको सगुनले मंगलवारदेखि सगुन २.१ सार्वजनिक गरेको हो । यससँगै आजदेखि नै विश्वभरीका प्रयोगकर्ताले सो भर्सन प्रयोग गर्न सक्नेछन् ।

सगुन २.१ डेस्कटप र मोवाइल वेव भर्सनमा उपलब्ध हुने बताइएको छ । नयाँ भर्सन विशेषगरी स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको सगुन डटकमका संस्थापक गोविन्द गिरीले जानकारी दिए । ‘नयाँ विशेषता थप गर्दै २.१ भर्सन ल्याएका हौं,’ उनले भने ‘यससँगै मोवाइल तथा डेस्कटप प्रयोगकर्तालाई चलाउन सहज हुने छ ।’

साथै नयाँ भर्सन मोवाइल एपको अनुभवलाई पुरा गर्ने गरी तयार गरीएको समेत जानकारी दिए । त्स्तै हाल मोवाइल एप निर्माणाधिन अवस्थमा रहेको समेत बताइएको छ । २.१ भर्सनमा सेक्रेट ट्रयाकिङको नयाँ सुविधा थप गरिएको छ । त्यस्तै हेल्प सेन्टर,नोटिफिकेशनका साथै प्रोसेसिङ लाई तिव्र बनाइएको बताइएको छ ।

सगुन २.० भर्सनमा रहेको दिनहुँ गर्ने क्रियाकलापलाई व्यवस्थित गर्ने माई डे र मुड टकलाई अपग्रेड गरिएको छ ।

यसैवीच सगुनले मिनी आइपीओमा जान स्वीकृति पाएको छ । सगुनलाई नयाँ चरणमा लैजान ‘मिनी आइपीओमा’ जाने प्रयास स्वरुप अमेरिकी निकायले प्रमणपत्र प्रदान गरेको सगुनका प्रमुख कार्यकारी अधिकृत समेत रहेका गिरीले जानकारी दिए ।

यससँगै सगुनले सवै प्रयोगकर्तालाई लगानीकर्ता बनाउने उद्देशय सहित नयाँ योजना अघि सारेको छ । सगुनले आगामी अप्रिलदेखि विश्वव्यापी रुपमा सवै प्रयोगकर्ताका लागि सेयर जारी गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७२, मंगलवार १२:३०