सहायता सम्मेलन जुन २५ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहायता सम्मेलन जुन २५ मा



Mahatकाठमाडौं । सरकारले विकास सहायता सम्मेलनको मिति तय गरेको छ । आगामी जुन २५ गते विकास सहायता सम्मेलन गरिने जाईकाद्वारा आयोजित विपत व्यवस्था सम्बन्धी कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिए ।

बजेट पेश गर्ने समय नजिकिँदै जाँदा सोको लागि सहयोग जुटाउनका लागि सहायता सम्मेलन चाँडै गर्न लागिएको हो । हाल राहत तथा उद्वारको कार्य सकिन लागेको र पुनर्निणका लागि साहयोग जुटाउन रकमको आवश्यक भएकाले सहायता सम्मेलन गर्न लागिएको हो ।

सहायता सम्मेलनमा विभिन्न मुलुक तथा दातृ संघसंस्था गरी ७० भन्दा बढी मुलुकको सहभागिता रहने अर्थमन्त्री डा. महत जानकारी दिए । सम्मेलनमा मित्रराष्ट्रहरुबाट बढीभन्दा बढी सहभागिता हुने समेत उनको दावी छ ।

अर्थमन्त्रालयले केही समय अधि विकास सहायता सम्मेलनका लागि विभिन्न दातृ निकायहरुसँग छलफल गरेको थियो । सम्मेलनलाई प्रभावकारी बनाउन विभिन्न मुलुकका नेपाल स्थित राजदूतहरुले अर्थमन्त्री महतसँगको भेटलाई बाक्लो बनाएका छन् । जसले गर्दा पनि सम्मेलन प्रभावकारी हुने सरकारको दावी रहेको छ ।

प्रकाशित : ११ जेष्ठ २०७२, सोमबार ११:५२