ग्लोबल आइएमई लघुवित्तले १०० प्रतिशत हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

ग्लोबल आइएमई लघुवित्तले १०० प्रतिशत हकप्रद जारी गर्ने



काठमाडाै । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । कम्पनीले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ बारबरको हकप्रद बिक्री गर्न लागेको हो ।

ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । यही पुँजीमा १००% हकप्रद जारी गरेपछि पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

चैत मसान्तसम्म रिजर्भ कोषमा २३.२९% वृद्धि भएर ५ करोड ५९ लाख ८९ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ११ पैसा छ ।

प्रकाशित : २५ असार २०७६, बुधबार ०८:५२