सिंगटी हाइड्रो इनर्जीले साधारण सेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

सिंगटी हाइड्रो इनर्जीले साधारण सेयर निष्काशन गर्ने



काठमाडाै । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने भएको छ। सर्वसाधारणमा साधारण सेयर निष्काशनको लागि सिंगटी हाइड्रोले मेगा क्यापिटल मार्केट्सलाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धक चयन गरेको हाे ।

यस सम्बन्धि सम्झौतामा हाइड्रोका तर्फबाट कार्यकारी संचालक गणेश कार्की र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन।

सम्झौताअनुसार सिंगटी हाइड्रो इनर्जीले कुल ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । जस मध्ये १४ लाख ५० हजार कित्ता आयोजना प्रभवित स्थानीयको लागि र बाँकि २९ लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ । शेयरको सार्वजनिक निष्काशन सम्वन्धि सम्पुर्ण कार्य बिक्रि प्रबन्धकको रुपमा मेगा क्यापीटलले गर्नेछ ।

प्रकाशित : २६ असार २०७६, बिहीबार १३:२४