नेप्से २ दशमलव ३७ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्से २ दशमलव ३७ अंकले घट्यो



काठमाडौं । साताको अन्तिम कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ३७ अंकले घटेर १ हजार २ सय ७२ दशमलव ४९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि शुन्य दशमलव २७ अंकले घटेर २ सय ७३ दशलमव ८४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर खरिदबिक्री भई ४१ करोड १३ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन पनि सबैभन्दा बढी कारोबार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयर भएको छ । जसको कारोबार आज ५ करोड १७ लाख ६८ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वा्िधक कमाउनेमा नेपाल हाइड्रो डेभलपर लिमिटेडको रहेको छ । जसको शेयर मूल्यमा ९ दशमलव २४ प्रतिशतले बढेको छ । साथै सर्वा्िधक गुमाउनेमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ८१ प्रतिशतले घटेको छ ।

यस दिन ११ वटै उपपरिसुचकहरुमा ३ वटा समूहहरुमा हरियाली छाएको छ । भने ८ वटा समूह घटेका छन् ।

प्रकाशित : २ श्रावण २०७६, बिहीबार १६:२६