एसबिआई बैंक पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एसबिआई बैंक पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा



काठमाडौं । नेपाल एसबिआई बैक लिमिटेड  पनि अन्तर बैंक विद्युतीय भुक्तानी (एनसीएचल आईपीएस) प्रणालीमा आबद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल एसबिआई बैक लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली ९एनसीएचल आईपीएस० सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल एसबिआई बैकका तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत भी. के. त्यागी ज्यूूले हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल एसबिआई बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचल आईपीएस प्रणाली उपलब्ध गराउने छ ।

एनसीएचल आईपीएस प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिनर लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।

आजको यस सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी एनसीएचल आईपीएस प्रणालीमा ४० सदस्यहरु आवद्ध भएकाछन् ।

प्रकाशित : १३ फाल्गुन २०७२, बिहीबार ०३:०२