जलविद्युत लगानी तथा विकास कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

जलविद्युत लगानी तथा विकास कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले गत मंसिर ३० गते बसेको साधारण सभाबाट १० अर्ब चुक्ता पुँजीबाट १०प्रतिशत बोनस सेयर र बोनस पश्चात कायम हुने पुँजीमा १००प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो । प्रस्तावित बोनस सेयर सभाबाट पारित भई नेप्सेमा सूचीकरणसमेत भइसकेको छ । कम्पनीले उक्त १०प्रतिशतबोनस सेयरपछि कायम भएको ११ अर्ब रुपैयाँ चुक्ता पुँजीको १००प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ७ श्रावण २०७६, मंगलवार ०८:१५