पर्यटन क्षेत्रका बहुआयमिक व्यक्तित्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पर्यटन क्षेत्रका बहुआयमिक व्यक्तित्व



चन्द्र प्रसाद रिजाल

 

व्यवसायलाई चुस्तता दिनु र राजनितिक तथा सामाजिक कार्यलाई संगसगै लैजानु निकै चुनौतीपुर्ण कार्य हो । यहि चुनौतीलाई आत्मसाथ गर्दै निरन्तर संघर्षरत हुनुहुन्छ पर्यटन व्यवसायी चन्द्र प्रसाद रिजाल । व्यवसायीक बन्ने हुटहुटी नचलेकोे भए रिजालको पहिचान राजनितिको केन्द्रमा मात्रै  आलमल हुन्थ्यो होला । chandra-rijal
सन १९९८ देखि पर्यटन व्यवसायमा आवद्ध हुनुभयो रिजाल । होटल डेप्लोम्याटबाट पर्यटन व्यवसायमा उहा औपचारीक रुपमा व्यवसायमा  लाग्नुभएको हो । होटल व्यवसायलाई सहयोग पुग्ने गरी ट्राभल व्यवसायमा पनि संलग्न  हुनुभयो । उहाँले सि नेपाल ट्राभल स्थापना गर्नुभयो । त्यपछि सि नेपाल ट्रेकिङ एण्ड एडभेन्चर पनि स्थापना गर्नुभयो । निरन्तरको व्यवसायिक चिन्तन र इमानदारिताको प्रदर्शनका सर्थ केहि गर्ने भावनाले रिजाललाई सधै केन्द्रमा राखेको छ ।
राजनिति र व्यवसाय
२ दशकदेखि पर्यटन क्षेत्रमा समर्पित रिजाल धादिङ जिल्ला, खाल्टेमा जन्मनुभएको हो । हाल रिजाल टानको वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । व्यवस्थापन विषय अन्र्तगत मानव संसाधन विकासमा स्नातकोत्तर गर्नुभएका सी नेपाल ट्राभल एण्ड एड्भेन्चरका सञ्चालक रिजालले पर्यटन बोर्डको भ्रष्टाचार विरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष, दिगो पर्यटन सहकारीका अध्यक्ष, नेपाल ¥याफिटङ एण्ड क्यानोनिङ एशोसियसनको पूर्व उपाध्यक्ष, होटल डिप्लोम्याट प्रा.लि.को पूर्व प्रबन्ध निर्देशक र हाल मम्स होमका संचालक रहेका रिजालले हानको पूर्व केन्द्रीय सदस्य भई जिम्मेवारी बहन गर्दा मजदुर समस्या समाधान गर्न मुख्य भुमिका निभाउनुभएको थियो । चार कक्षा पढ्दै गर्दा रहरमा राजनितिमा अकर्षित हुनुभएका रिजालको सक्रियता कलेज पढ्दाको दौरानमा हलक्कै बढ्यो ।
बिद्यालयस्तरको पढाई सकिए पछि कलेज अध्ययन संगै  राजनितीमा समेत सक्रिए हुन थाल्नुभयो । उहाँको राजनितिमा बढी सक्रिय र कक्षामा समेत कम सहभागिता हुन्थ्यो । विद्यार्थी राजनितिमा विभिन्न कलेजमा दावेदारी प्रस्तुत गर्दा समेत जीत हासिल हुन भने सकेन । कुनै पनि क्षेत्रमा लाग्दा इमान्दार भएर लाग्ने स्वार्थमा भन्दा पनि परिस्थीती अनुसार आफुलाई त्यहि अनुसार उभ्याउन सक्ने बन्नु पर्छ भन्ने मान्यता उहाँमा थियो । मास्टर तहको अध्ययन सक्दै गर्दा र राजनितिक दलमा बिशेष गरि काँग्रेश, एमाले लगायतको फुटको राजनिति समेत सुरु हुन पुग्यो । अर्थात त्यहि बेला किनबेचको राजनिति समेत पेचिलो बन्दै जान थाल्यो ।
राजनितिमा देखिएको विकृतिले पनि उहाँलाई सोच मग्न बन्न बाध्य बनायो ।  त्यो बेलाको परिस्थीतीले उहाँलाई लाग्यो बिशुद्ध राजनितिमा म फिट हुन सक्दिन । बेइमान चाकडी र चापलुसी गर्न नजान्ने कारणले समेत आफु पछि पर्छु भन्ने लाग्यो । यहि बिचमा लामो राजनितिको संघर्षमा लागेकाले सम्पन्न परिवार भए पनि केही स्रोतहरु समेत सकिएका थिए । पुँजीको बोलबाला हुदै जादा उहाँसंग भएको जग्गा जमिनले समेत काम गर्न सक्ने अबस्था नै आएन । र, त्यहि बेला उहाँको बाटो मोडियो ।
त्यही अबस्था र समयले गर्दा  सक्रिय राजनितिक अभियानमा लागेका केहि साथीहरुको सहभागितमा  व्यवसाय सुरुवात गर्नुभयो । उहाले व्यवसाय सुरु गर्दै गर्दाको अबस्थामा माओवादीको युद्ध समेत जरजर बन्दै गएको थियो ।  यहि समयमा आफुसंग चिनजान भएका र माओवादीमा सक्रिय भएका साथीहरुको  क्रान्तिमा लाग्न चरम दबाब थियो । तर, उहाँले त्यसको वेवस्ता समेत गर्दै व्यवसायलाई निरन्तरता  दिनुभयो । त्यो बेला उहाँको उमेर समेत २९, ३०को नै थियो । उहाँलाई लाग्यो त्यो क्रान्तिमा जानु भनेको जिन्दगी समाप्त गर्नु हो वा सुसाईड गर्नु जस्तै हो । राजनितिकले भन्दा पनि त्यो बेला उहाँलाई व्यवसायिक बन्नुपर्छ भन्ने मान्यताले धैरै हद सम्म साथ दियो । २०६२।०६३को आन्दोलनमा त्यती सक्रिय रुपमा नलागे पनि आफ्नो व्यवसायलाई अगाडी केन्द्रमा राखे । व्यवसायमा जम्दै गर्दा समेत राजनितिक चेतना भने कही नै कही लुकेर बसेको थियो मरेर गएको थिएन । २०६२।०६३को आन्दोलन सुरुवात हुर्दै गर्दा उहाँलाई प्रहरीले समात्यो । त्यो बेला सक्रिय राजनितिमा सहभागि थिएनन तर व्यवसाय गर्दै गरेको अबस्थामा समेत उहाँ समातिए पछि , भित्र लुकेको राजनितिक उर्जामा बल पुग्न गयो ।  उहाँ भन्नुहुन्छ , त्यो समय म आफ्नो विशुद्ध व्यवसायमा केन्द्रित थिए । सत्ता परिर्वतनको खेलमा थिइन ।  १४,१५ दिनको जेलबसाई र एक महिनाको तारेखमा जादै गर्दै उहाँले फेरि राजनितिमा लाग्नु पर्छ भन्ने सोचाईका साथ अगाडी बढ्नुभयो ।

पर्यटन संगै सहकारी
बिशेष गरि रिजालले व्यवसायलाई आफ्नो ढंगबाट अगाडी बढाउदै, राजनितिकलार्य समेत आफ्नै तरिकाले अगाडी बढाउन थाल्नुभयो । यहि अबस्था हुदा हुदै पनि केहि साथीहरु  विदेश पलायन भए पछि कम्पनी संचालनमा कठिनाई आयो । विभिन्न संघ । संगठनमा आवद्ध भएर काम गर्नुभएका रिजाललाई काम गर्दा यो सानो यो ठूलो भन्ने थिएन । उहाँभन्नुहुन्छ, – म सामाजिक चिन्तन पनि भएको मान्छे हुँ । धेरै मानिसहरुसंग बसेर उनीहरुको समस्याको चिन्तनमनन् गर्ने, समस्याबाट कसरी माथी उठ्न सकिन्छ ? आर्थिक विकास कसरी गर्ने ? आर्थिक लेनदेननै सहकारीको काम भएको हुनाले सहकारी स्थापना गरेका हौं । विशेष गरि  काम गर्दै जादा सबैको साथ हुने भएपछि गरौंन त भनेर मेरै नेतृत्वमा दर्ता भएको हो । ४५ जनाबाट शुरु भएको सहकारीमा  हाल सम्म करिब १० हजार साना तथा ठूला व्यवसायी सदस्य रहेका छन् । अहिले पुनः चार बर्षको लागि सहकारीको नेतृत्व गर्ने जिम्मेवारी उहाँकै काधमा आएको छ ।
बिशेष गरि यो सहकारीलाई पर्यटन क्षेत्रको उन्नत सहकारीको रुपमा लैजाने तयारीमा रहेको उहाँ बताउनुहुन्छ । यसमा हाम्रो प्रयास भनेको पर्यटन क्षेत्रमा लाग्ने ठुला व्यवसायीहरुलाई समेत समेट्नु पर्ने आवश्यकता रहेको रिजालको धारणा छ ।
हरेक क्षेत्रमा इमानदारिता
सोच भनेको आफु मात्रै बन्ने हैन राष्ट्र बनाउने तर्फ केन्द्रित हुनुपर्छ भन्ने हो । राष्ट्र बन्यो भने हामी बन्छौ । आफु मात्रै बन्न खोज्दाको अबस्था अहिले मुलुुुकमा देखिएको  जिकिर गर्नु हुन्छ रिजाल ।
हामी बन्नु छ भन्ने हिसाबले लाग्ने हो भने आँट गर्नै पर्छ । आँट भएन भने व्यवसाय नचल्ने रिजालको कथन छ । डिप्रेसनमा लागेर आँट गरेर काम भएन भने व्यक्ति पनि बन्दैन राष्ट्र पनि बन्दैन । आफु बन्नु पर्छ भन्ने व्यक्ति  केहि समय बन्ला तर उ क्षणिक धनी मात्रै हुने उहाँको बुझाई छ ।  धनी बन्ने र सम्पन्न बन्ने निहुमा खुट्टा तान्ने प्रवृति र अरुलाई टिक्न नदिने हिसाबले  लाग्ने कुरा न राजनितिमा न व्यवसायमा कुनैमा पनि हुनु हुदैन । नेपालको अलि उर्वर र अलि बढी आम्दानी हुने क्षेत्र भनेको र सानो लगानी गरेर भए पनि सबै क्षेत्रको विकास गर्न सकिनेको साथै सबै क्षेत्रमा पुँजी परिचालन गर्न सकिने माध्यम भनको नै पर्यटन व्यवसाय रहेको रिजाल बताउनु हुन्छ ।
अब म बन्छु  र राज्यलाई बनाउछु भन्दै गर्दा आफु इमानदार भएर बस्नु आवश्यक रहेको उहाँको बुझाई छ । राज्यलाई कर तिर्नु पर्यो  मुलुकको विकासमा योगदान दिन सक्नु पर्यो आफ्नो मुलुकमा विकासको लागि कहाँ कहाँ  योगदान दिन सकिन्छ भन्ने कुरा त आफुले खोज्नु आवश्यक छ हुन्छ ।  मुलुक बन्दै गर्दा पछिल्लो पुस्तालाई पनि फाइदा हुन्छ भन्ने मान्यता राख्ने हो भने डाक्टर पढेर बिदेश जाने वा काठमाडौ बस्ने भन्ने मान्यताको विकासमा लाग्नु भएन । राम्रो शिक्षक बन्यो दुर्गम नजाने प्रवृतिको विकास गर्न नहुने उहाँको भनाई छ । जुन क्षेत्रमा लाग्ने हो त्यो क्षेत्रमा  रहदा सम्म इमान्दार भएर लाग्नु पर्ने उहाँको  धारणा छ ।बिजनेस प्लस पाक्षिकबाट

प्रकाशित : १३ फाल्गुन २०७२, बिहीबार ०३:१९