हराएको मोबाइल भेट्टाउन यसो गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

हराएको मोबाइल भेट्टाउन यसो गर्नुस्



mobileहराएको मोबाइल फोन तुरुन्तै भेट्टाउन बजारमा एक नयाँ एप्लिकेसन आएको छ । फोनहरुमा सुरक्षा प्रदान गर्नका लागि ‘JEENYA Mobile Security’ नामक एप्लिकेसन ल्याइएको हो। ‘GPS’को संकेतको मार्फत यो एप्प्लिकेसनले काम गर्ने छ । ‘GPS’  बन्द गरिएको अवस्थामा इन्टरनेट प्रयोग भएको स्थानको जानकारी दिने छ । एन्ड्रोइड फोनहरुमा मात्र चल्ने यो एप्लिकेसनको प्रयोग गर्दा मोबाइल कुन समयमा कुन स्थानमा छ भनेर मोबाइल धनीले कुनै पनि समयमा थाहा पाउन सक्ने छन् । यो एप्लिकेसनले मोबाइल कुन स्थानमा छ भनेर गूगल म्यापमा देखाई दिने छ । मोबाइल कुन स्थान र लगभग कुन घरमा छ भनेर समेत यस एप्लिकेसनबमट थाहा हुन्छ । एकपटक यो एप्लिकेसन मोबाइलमा हालेपछि सामान्य एप्लिकेसन हटाए जसरी हटाउन सकिदैन ।
यो एप्लिेकेसनका थुप्रै फाइदाहरु छन् । को कहाँ छ भन्ने कुराको जानकारी दिेने भएकाले कार्यालयमा हाजिरको रुपमा यो एप्लिकेसनको प्रयोग गर्न सकिने छ । कर्मचारी कार्यालयको दायरामा प्रवेश गरेपछि हाजिर सुरु हुने छ र कार्यालयको दायराबाट बाहिर निस्के पछि हाजिर समाप्त हुने छ । साथै अभिभाबकहरुले आफ्ना सन्तान कुन समयमा कहाँ छन् भनेर थाहा पाउन सक्नेछन् । व्यक्तिगत सुरक्षाको लागि समेत यो एप्लिकेसन उपयोगी बन्नेछ ।
यो एप्लिकेसनको निरन्तर प्रयोग गर्नको लागि मोबाइल धनीले रु २०० तिर्नु पर्ने हुन्छ। यो प्रत्येक मोबाइलको लागि एकपल्ट तिर्नु पर्ने रकम हो र मोबाइलको आयु रहुन्जेल यो एप्प्लिकेसनको सेवा प्रयोग गर्न मिल्ने छ । सामान्यतया यो एप्लिकेसन फ्याक्ट्री रिसेट गर्दा मोबाइलबाट हट्नेछ तर ग्राहकले चाहेको खण्डमा यो एप्प्लिकेसनलाई फ्याक्ट्री रिसेट गर्दा पनि मोबाइलबाट नहट्ने बनाउन सकिन्छ । त्र यस किसिमको बिशेष सुबिधाको लागि थप रु ८०० तिर्नुपर्ने हुन्छ ।
एन्ड्रोइड फोनको गुगल प्ले स्टोरमा गई JEENYA mobile security सर्च गरी यो एप्लिकेसन पत्ता लगाउन सकिन्छ । एक्टिभेट गर्नको लागि तपाईँले आफ्नो इमेल आइडी पठाउनु भएपछि सोही इमेलमा एउटा एक्टिभेसन लिङ्क सहित युजरनेम र पासवर्ड पाउनुहुनेछ जसको २४ घण्टा भित्र तपाईँको फोनमा यो सेवा सुचारु हुनेछ । यो एप्लिकेसन प्रयोग भएका मोबाइलहरुका लागि मात्र यो सेवा उपलब्ध हुनेछ । तपाईँको मोबाइलको न्एक् लोकेसन विवरण तपाईँको एकाउन्टमा ३० मिनेटभित्र पाउनुहुनेछ ।
यो एप्लिकेसनको प्रयोगबाट आफ्नो हराएको मोबाइलको स्थान देखाईदिने हुनाले मोबाइल हराएको अवस्थामा मोबाइल भएको व्यक्ति र स्थानसम्म सजिलै पुग्न सकिने छ।

प्रकाशित : ११ जेष्ठ २०७२, सोमबार ०९:५६