मौद्रिक नीतिलाई नेप्सेको लाल सलाम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

मौद्रिक नीतिलाई नेप्सेको लाल सलाम




बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ दशमलव १४ अंकले घटेर १ हजार २ सय ६९ दशमलव ९२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्टै सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । यस अघि दैनिक जसो सामान्य रुपमा घटबढ भइरहेको नेप्से परिसुचकमा बिहीबार भने दोहोरो अंकले गिरावट आएको छ । बिहिबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ६६ अंकले घटेर २ सय ७३ दशलमव ४७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७१ कम्पनीको २१ लाख ९८ हजार १२६ कित्ता शेयर खरिदबिक्री भई ५५ करोड ५ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेडको भएको छ । जसको कारोबार आज ६ करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वा्िधक कमाउनेमा नेपाल ल्यूब आयल लिमिटेडको रहेको छ । जसको शेयर मूल्यमा ८ दशमलव ८१ प्रतिशतले बढेको छ । साथै सर्वा्िधक गुमाउनेमा युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ५७ प्रतिशतले घटेको छ ।

यस दिन १२ वटै उपपरिसुचकहरुमा सबैमा रातामै छाएका छन् ।

प्रकाशित : ९ श्रावण २०७६, बिहीबार १५:४०