सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँड



काठमाडाै । सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँड भएको छ । आइपीओमा रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ७३८ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ । साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५ प्रतिशत (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।

प्रकाशित : १० श्रावण २०७६, शुक्रबार १५:२५