एनएमबीको म्युचुअल फण्डलेः ५० वटा कम्पनीमा मात्रै लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनएमबीको म्युचुअल फण्डलेः ५० वटा कम्पनीमा मात्रै लगानी गर्ने



काठमाडौं। एनएमबी क्यापिटलले फरक अवधारणा सहित आफ्नो तेस्रो सामूहिक लगानी कोष ‘एनएमबी ५०’ म्युचुअल फण्ड बजारमा ल्याएको छ ।

क्यापिटलले नेपालमै पहिलो पटक यस्तो फण्ड ल्याएको हो। यस म्युचुअल फण्डले दोस्रो बजारमा सबैभन्दा राम्रो प्रतिफल दिन सक्ने ५० वटा कम्पनीमा मात्रै लगानी गर्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलले भोलि (सोमबार) देखि १ अर्ब २० करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाइ बिक्री गर्न लागेको हो । जसमध्ये १ करोड ८० लाख इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ । बाँकी १० करोड बीस लाख इकाई सर्वसाधरण लगानीकर्ताको लागि छुट्याएको छ ।

दोस्रो बजार लगातार घट्दा अधिकांश म्युचुअल फण्ड नोक्सानमा रहेको समयमा क्यापिटलले हरेक वर्ष प्रतिफल दिन सक्ने सुचिश्चितताका साथ यो फण्ड ल्याएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार उक्त योजनामा बिक्री गरिने इकाई साउन १६ गतेसम्म खरीद गर्न सकिनेछ । यदि सो अवधिमा बिक्री नभए आगामी भदौ १० गतेसम्म बिक्री गरिने जनाइएको छ ।

प्रतिइकाइ १० रुपैयाँ पर्ने उक्त योजनामा लगानीकर्ताले कम्तिमा १०० इकाइका लागि आवेदन दिनु पर्नेछ । यो योजना ७ वर्षको रहेको छ ।

एनएमबी क्यापिटलले हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड सञ्चालन गरिरहेको छ

प्रकाशित : १२ श्रावण २०७६, आईतवार १४:५३