उर्जा मन्त्री रायमाझी भन्छन, सहकारी र उर्जामा उस्तै समस्या छन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उर्जा मन्त्री रायमाझी भन्छन, सहकारी र उर्जामा उस्तै समस्या छन्



काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझिले सहकारीले कृषि, जलविद्युत्त, उद्योग, व्यापार व्यवसायमा लगानी गर्न सके मात्र आर्थिक क्रान्ति हुने बताएका छन् ।
हजार माइलको यात्रा गर्न एक पाइलबाट यात्रा शुरु हुने भन्दै मन्त्री रायमाझीले सहकारीबाटनै मुलुक आर्थिक समृद्ध हुने बताए । जिल्ला सहकारी संघ काठमाडौंको १६ औं बार्षिक साधारणसभामा बोल्दै रायमाझिले दिगो, भरपर्दो र राष्ट्रनिर्माणका लागि सहकारी अपरिहार्य भएको बताए ।
प्रास्तावित सहकारी ऐन सहकारीको हितविपरित रहेको भन्दै समर्थन गर्न गाह्रो र सरकारमा रहेर  बिरोध गर्न पनि गाह्रो भएको उहाँको भनाई छ  । सहकारी क्षेत्रजस्तै उर्जामा पनि समस्या रहेको उनको भनाई थियो । १ सय ५ वर्षमा ३ सय १० मेगावाट मात्र विद्युत उत्पादन हुनु विडम्बनाको रहेको बताए । उर्जा क्षेत्रको विकासका लागि तत्कालिन, मध्यकालिन र दिर्घकालिन रुपमा काम अघि बढाउन ‘मास्टर प्लान’ बनाएर अघि बढेको उनले बताए । ‘हाल १ सय ७ वटा विद्युत परियोजनाहरु सञ्चालनमा छन्’ उनले भने, ‘यि परियोजनामा देखिएको समस्या तत्काल समाधान गरी निमार्ण कार्यलाई द्रुत रुपमा अघि बढाउने काममा सरकार छ ।’ जतिसक्दो चाडो लोडसेडिङ अन्त्य गर्नका लागि सरकार क्रियाशील भएको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले  सहकारी क्षेत्रको विकास र प्रवद्र्धनको लागि गतिलो ऐन आउन आवश्यक रहेको बताए । उनले सहकारी बदमासी गर्नेलाई कारबाही गर्ने कुरामा सहकारी अभियान बाधक नरहेको बताउदै अहिले मन्त्रीपरिषदमा रहेको ऐन सहकारी आन्दोलन धरासायी बनाउने खालको भएको दाबी गरे । राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सञ्चालक केबी उप्रेतीले सहकारी अभियानले सुझाएका बुदाहरु समेटेर नआए आन्दोलनमा जान आफुहरु बाध्य हुने बताए ।  डिभिजन सहकारी कार्यालय काठमाडौं प्रमुख नारायणप्रसाद अर्यालले जिल्ला सहकारी संघ काठमाडौलाई आफ्ना सदस्यहरुको विकास र प्रवद्र्धनमा प्रतिबद्ध भएर लाग्न सुझाए ।

प्रकाशित : १४ फाल्गुन २०७२, शुक्रबार ०७:१९