व्यापार सहजीकरण तथा क्षमता विकासमा अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

व्यापार सहजीकरण तथा क्षमता विकासमा अवसर



nepali_handicraft_655147171काठमाडौं । अमेरिकास्थित नेपाली दूतावासले अमेरिकाले नेपालका ६६ ओटा उत्पादनलाई भन्सार छुट दिने निर्णयले व्यापार सहजीकरण तथा क्षमता विकासमा अवसर प्रदान गरेको जनाएको छ ।

आगामी १० वर्षसम्मका लागि नेपालाई उपलब्ध हुने यो सुविधाले नेपालमा लगानीका अवसर सिर्जना हुने एवं निकासी व्यापार प्रबद्र्धन तथा रोजगार अभिबृद्धि हुने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो सुविधाको अधिकतम सदुपयोग गर्नसके नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिएको राजदूत डा. अर्जुन कार्कीले उल्लेख गरेको विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई विशेष सुविधा दिने गरी बनेको ट्रेड प्रेफरेन्सेस कानुनमा हस्ताक्षर गरेका हुन् ।

यसको स्वागत् गर्दै नेपाली दूतावासले यो कानुन निर्माणमा ‘लविङ’ गर्ने सम्बन्धितपक्ष एवं अमेरिकी राष्ट्रपतिलाई धन्वाद दिएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७२, शनिबार १४:३२