यस्तो छ रसुवागढी र सान्जेंनको सुरुवाती रेन्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यस्तो छ रसुवागढी र सान्जेंनको सुरुवाती रेन्ज



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रसुवागढी हाइड्रोपावर लिमिटेड तथा सान्जेन जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार खुला भएको छ । कारोबारको लागि रसुवागढीको संकेत RHPL र सान्जेनको सिम्बल SJCL तोकिएको छ ।

पहिलो कारोबारको लागि रसुवागढीको सुरुवाती रेन्ज ९७.२९ देखि २९१.८७ रुपैयाँसम्म र सान्जेंको सुरुवाती रेन्ज ९६.३२ देखि २८८.९६ रुपैयाँसम्म तोकिएको छ । नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणा सम्मको सुरुवाती मूल्य तोक्ने गरेको छ ।

अब नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ । तोकिएको रेन्ज भित्रको जुन सुकै मूल्यमा पहिलो कारोबार हुन् सक्छ ।

दुवै कम्पनीको शेयर सोमबार नेप्सेमा सुचिकृत भएको थियो। रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता र सान्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको हो ।

यी दुवै कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीक सहायक कम्पनी हुन् । दुवै कम्पनीले एक साथ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई शेयर निष्काशन गरेका थिए ।

प्रकाशित : २१ श्रावण २०७६, मंगलवार ११:५२