नयाँ ब्याजदरको सिमाले बाधिएका सहकारीकर्मीको प्रश्नः पुराना ऋणीलाई कसरी ब्यवस्थापन गर्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

नयाँ ब्याजदरको सिमाले बाधिएका सहकारीकर्मीको प्रश्नः पुराना ऋणीलाई कसरी ब्यवस्थापन गर्ने ?



काठमाडाै । सरकारकाे पछिल्लो निर्देशनबाट उत्पन्न परिस्थितिका विषयमा सहकारीकर्मीहरू छलफलमा जुटेका छन् । सन्दर्भ ब्याजदरमा गणना कसरी गर्ने भन्ने अन्योलता र पुराना ऋणीबाट लिदै आएको ब्याजको ब्यवस्थापनका कारण निक्षेप घट्ने भएको भन्दै सहकारीकर्मीहरु छलफलमा जुटेका हुन् । सहकारी विभागले हालै मात्र सहकारीले लिने ब्याजदर १६ प्रतिशत भन्दा बढी हुन नहुने नीति ल्याएको थियो ।

सहकारी विभागकाे निर्देशनपछि के गर्ने भन्ने विषयमा सहकारीकर्मीहरुले छलफल गर्ने बताइएको छ । सन्दर्भ ब्याज दर र स्प्रेडकाे गणना विधि कसरी गर्ने अन्योलता भएको जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष सरद कुमार महर्जनले बताए । सबैले मान्य हुने हिसाबले नीति बनाउन र प्रस्ट बनाउन शुक्रबार विभाग र सहकारीकर्मीबिच छलफल चलाउने महर्जनले बताए ।


अहिले सरकारले तोकेको ब्याजदरले सहकारी संस्थालाई कुनै समस्या छैन नेचुरल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख विकल्प पाठकले बताए । पुराना ऋणीहरु संग लिदै आएको ब्याजदरमा सहकारी विभागको प्रस्ट धारणा आए सहज रुपमा काम अगाडी बढाउन मद्दत पुग्ने पाठकको भनाई छ ।


सहकारी विभागका उपरजिस्टार तथा प्रवत्ता शशि कुमार लम्साल पुराना ऋणीहरुकाे बारेमा अहिले नै यही गर भन्ने अवस्था नरहेको बताए ।

यसबारेमा विभाग गम्भिर भएर लागेको र आवश्यक छलफलबाट मात्रै निर्णय लिने जानकारी दिए । यसलाई एकै पटक यो गर भन्दा समस्या आउछ त्यसकारण संस्थाले पनि आवश्यकता अनुसार पुरानालाई विचार गरेर मात्रै नयाँ दायरामा ल्याउन आग्रह गरे ।

प्रकाशित : २१ श्रावण २०७६, मंगलवार १६:०७