सहकारीको ऋण तिर्न गायक रामकृष्ण ढकाललाई ताकेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

सहकारीको ऋण तिर्न गायक रामकृष्ण ढकाललाई ताकेता



काठमाडौं । ललितपुरको श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहलाई ५ करोड ऋण तिर्न उर्दी जारी गरेको छ । ऋण नतिरेको भनी एक अखबारमा सूचना प्रकाशित गर्दै ऋण तिर्न ताकेता गरेको हो ।

ढकालकी पत्नी शाहले सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । नौ बर्ष अघि लिएको ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो ।

त्यसले पनि असुल उपर नभएको भन्दै सहकारीले सूचना निकालेको हो ।

सहकारीको सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको छ । यस्तै ढकालपत्नी शाहले चुक्ता गर्न बाँकी २ करोड ६२ लाख २४ हजार ८९ उल्लेख छ ।ढकाल दम्पत्तीसहित सहकारीले ६ जनाको नाममा सूचना प्रकाशन गरेको छ । केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शितल भिडियो चलचित्र मन्दिरलाई पनि उर्दी जारी गरिएको छ ।

प्रकाशित : २३ श्रावण २०७६, बिहीबार १४:१७