पूर्व महानिरीक्षक बस्नेतसहित सशस्त्र प्रहरीका ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पूर्व महानिरीक्षक बस्नेतसहित सशस्त्र प्रहरीका ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



1824768243_1456744717काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतसहित सशस्त्र प्रहरीका ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सामान ढुवानी र भुक्तानीको नक्कली विल भरपाई बनाएर ९ करोड १५ लाख १ हजार १ सय ५१ रुपैया भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले सशस्त्रका पुर्व महानिरीक्षक बस्नेत सहित सशस्त्र प्रहरी निरीक्षकहरु विनबहादुर थापा, मनुहिरा महत, भिमबहादुर अधिकारी, सशस्त्र प्रहरी नायव निरीक्षकहरु देवेन्द्र कुमार श्रेष्ठ निलबहादुर श्रेष्ठ र लेखबहादुर खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित : १७ फाल्गुन २०७२, सोमबार १३:०४