ब्याजदर सीमाको विरोध गर्ने ओरेन्टलका छाउराः बडाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

ब्याजदर सीमाको विरोध गर्ने ओरेन्टलका छाउराः बडाल



ष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको ब्याजदर सीमाको विरोध गर्नेहरुलाई ओरेन्टलका छाउरा(चल्ला) को संज्ञा दिएका छन् ।

सहकारी विभागले ऋणमा अधिकतम १६ प्रतिशत ब्याज लिन नपाउने गरी सीमा तोकेपछि केही सहकारीकर्मीको विरोधलाई इंगित गर्दै बडालले यस्तो आरोप लगाएका हुन् ।
ललितपुर जिल्लाका विभिन्न संघहरुले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको ब्याजदर सम्बन्धी कार्यक्रममा अध्यक्ष बडालले सहकारीलाई व्यवस्थित गर्नकै लागि ब्याजदर तोक्नुपरेको बताए ।

‘‘ओरेन्टल सहकारीले सिंहदरबार अगाडि ब्यानर राखेर २२ प्रतिशत ब्याज दिन्छु भनेर रकम संकलन ग¥यो,’’ उनले भने, ‘‘अहिले ब्याजदरमा सीमा तोक्दा विरोध देख्नेहरु देख्दा लाग्छ कतै ओरेन्टलले कुखुराले चल्ला पारे जस्तै छाउरा पो पारेछ कि ।’’ यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रकाशित : २६ श्रावण २०७६, आईतवार ०७:३६