भारतीय बजेटमा के छ बिशेष ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतीय बजेटमा के छ बिशेष ?



नयाँ दिल्ली।
भारतीय सरकारले आगामी बजेटमा किसानका लागि विशेष कार्यक्रम ल्याउन लागेको जनाएको छ । किसानका लागि दिइएका विगतका सहुलियत कार्यक्रमहरुलाई लगभग दोब्बर बनाउने योजना सरकारको रहेको छ । सो योजनाबमोजिम आगामी बजेटमा विशेषगरी ग्रामीण क्षेत्रका किसानलाई बढी सहयोग दिइने छ ।

भारतीय वित्तमन्त्री अरुण जेट्लीले सो जानकारी गराएका छन् । उनले सरकारले आगामी बजेटमा किसानका साथै ग्रामीण क्षेत्रका नागरिकको जिवनस्तर उकास्ने कार्यमा बजेट केन्द्रित गरिने जानकारी दिए ।

जेट्लीले भने– भारतीय किसानले खाद्य सुरक्षाका लागि मेरुदण्डका रुपमा काम गरिरहेका छन् र यसका लागि सम्पूर्ण भारतीय किसानप्रति हामी आभारी छौँ ।
सरकारले किसानको आम्दानीको सुरक्षाका क्षेत्रमा केन्द्रित गरेर बजेट ल्याउने भएको छ ।

सो बजेटमा किसानका विविध क्षेत्रहरु जस्तै उत्पादनमा गरिने बृद्धिका साथै उनीहरुको आम्दानीका लागि पनि प्रेरित गर्ने कार्यक्रम पनि रहेका बताइएको छ ।

ज्ञानमा आधारित कृषि उद्योगको स्थापनाका लागि किसानलाई पनि इन्टरनेटमा पहूँचका साथै बजारमा उनीहरुको उत्पादनको पहूँच र बिमाको व्यवस्थालाई पनि सो बजेटमा प्राथमिकतामा राखिएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७२, सोमबार १३:२०