मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी सहयोग



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गर्नुभयो । शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो ।

मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दै डिएसपी घिमिरेले बैंकलाई धन्यवाद दिनुभयो ।

प्रकाशित : २८ श्रावण २०७६, मंगलवार १६:१५