फेसबुक म्यासेन्जरमा अब भिडियो कलिंगको सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

फेसबुक म्यासेन्जरमा अब भिडियो कलिंगको सुविधा



काठमाडौं। फेसबुकले विश्वभरका प्रयोगकर्ताहरुका लागि आफ्नो म्यासेन्जर एपको माध्यमबाट भिडियो कलिंगको फीचर सार्वजनिक गरेको छ । फेसबुकले करिब एक महिना अगाडि यो फीचर अमेरिका, बेलायत, क्यानाडा तथा फ्रान्ससहित १८ देशहरुमा सार्वजनिक गरिसकेको थियो ।

फेसबुकका म्यासेजिंगको भाईस प्रेसिडेन्ट डेविड मार्कले भने, ‘हामी तपाईँहरुलाई यो भन्दा निकै गौरव महसूस गरिरहेका छौं कि हामीले विश्वभर आफ्नो म्यासेन्जरमा भिडियो कलिंग फीचर अब रोल आउट गरीरहेका छौं । यसका साथै हामी केहि देशहरुमा यो लन्च गर्ने प्रकृयामा काम पनि गरिरहेका छौं ।’

प्रयोगकर्ताहरुले फेसबुकको म्याजेन्सर भिडियो कलिंग फीचर आईओएस तथा एन्ड्रोयडको पछिल्लो भर्सन अपडेट गरेर प्राप्त गर्न सक्नेछन् ।

फेसबुकले भिडियो कलिंग ल्याउनुभन्दा पहिले पनि यस्तो सुविधा माइक्रोसफ्ट स्काइप, गूगलको ह्यांगआउट तथा एप्पलको फेसटाइममा उपलब्ध रहेको छ ।

प्रकाशित : ११ जेष्ठ २०७२, सोमबार १२:१२