इन्धनमा भारतको नाकाबन्दी कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्धनमा भारतको नाकाबन्दी कायमै



काठमाडौं । पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन ।

इण्डियन आयल कर्पोरेशनसँग तेलको मात्रा बढाउन पटक पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल दिएको छैन । निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारतले पर्याप्त इन्धन नदिएको बताउँछन् । सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने सभझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

आजको कारोबार दैनिकमा समाचार छ  – ‘पेट्रोलियम पदार्थ बढाउन दिनहुँजसो टेलिफोन र इमेलमार्फत आईओसीलाई आग्रह गरेपनि माथिको आदेश नभएको भन्दै परिमाण बढाउन मानिरहेको छैन,’ आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरे भन्छन्  ।

प्रकाशित : १८ फाल्गुन २०७२, मंगलवार ०४:३०