सुप्रिम बचतको साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुप्रिम बचतको साधारणसभा सम्पन्न



काठमाडौ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरको नवौं साधारणसभा संस्थाका अध्यक्ष शिवदीप लोहनीको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ ।


संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ९ सय ६८ जना सदस्यबाट ५ करोड २६ लाख ५५ हजार सेयर पूँजी संकलन गरेको थियो । सोही अवधिमा संस्थाले २२ करोड २० लाख ५८ हजार निक्षेप संकलन, २० करोड ६९ लाख ४४ हजार र संस्थाले ४ करोड ९४ लाख २४ हजार कुल आम्दानी गर्न सफल भएको छ । संस्थाको विभिन्न कोषमा १ करोड २७ लाख ५० हजार रहेको छ । संस्थाले यस अवधिमा १ करोड ६१ लाख ५७ हजार नेपाल सरकारलाई राजश्व दाखिला गरेको छ ।


संस्थाको भाखा नाघेको कर्जा शुन्य प्रतिशत रहेको संस्थाका अध्यक्ष शिवदीप लोहनीले जानकारी दिए । सभाले आर्थिक वर्ष २०७५÷०७६ को संचित मुनाफाबाट सदस्यहरुलाई सेयर लाभांश र कर्मचारीलाई बोनस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै साधारणसभाले १६ वटा प्रस्तावमाथी छलफलगर्दै सदस्यबाट पारित गरेको छ ।


देशको विद्यमान अन्यौलपूर्ण आर्थिक, सामाजिक तथा राजनैतिक अवस्था एवं लगानी योग्य पूँजीको अभाव रहेको अध्यक्ष लोहनीको भनाई थियो । विभिन्न कठिनाईको वावजुत पनि संस्थाले उल्लेखनीय प्रगती हासिल गर्न सफल भएको उनले बताए ।


संस्थाको मुख्य कार्यालय ललितपुरको महालक्ष्मीस्थानका साथै काठमाडौं महानगर–९ बत्तिसपुतली र भक्तपुरको मध्यपुरथिमि–३ कौशलटारमा सदस्य सेवाकेन्द्र खोली सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले विभिन्न बचत योजना, छिटो र छरितो कर्जा तथा सापटी, ३६५ दिनै कारोबार, सन्ध्याकालिन काउण्टर, विप्रेषण, विल भुक्तानी, रिचार्जको व्यवस्था, एसएमएस सेवा लगायत उच्च स्तरको प्रविधियुक्त सेवा प्रदान गर्दै आएको छ ।
संस्थाको ललितपुर–१५ महालक्ष्मीस्थानमा आफ्नै सुविधासम्पन्न भवन समेत रहेको छ ।

प्रकाशित : ३२ श्रावण २०७६, शनिबार १७:४९