सिद्धार्थ इन्स्योरेन्सको २५ प्रतिशत बोनस स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको २५ प्रतिशत बोनस स्वीकृत



काठमाडौं । बीमा समितिले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २५ प्रतिशत बोनस सेयर स्वीकृत गरेको छ । यो इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई बोनस दिन लागेको हो । गत आर्थिक बर्षमा कम्पनीले १६ करोड १५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

यो बोनस सेयर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्ता २७ करोड ५८ लाख रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता पुँजी करिब ३५ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको वित्तिय विवरण अनुसार कम्पनीको जगेडाकोषमा २० करोड १४ लाख रुपैयाँ तथा बीमाकोषमा २४ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : १८ फाल्गुन २०७२, मंगलवार ११:१०