हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला



हेटौंडा । मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन २० गतेदेखि ३० गतेसम्म हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ ।

मेलाका लागि उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेको संयोजकत्वमा २१४ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

व्यापार मेलामा लोपोन्मुख पञ्चेबाजा प्रतियोगिता, मनोरञ्जनात्मक बाल मेला, हेटाैंडा आइडल गायन, प्रतियोगिता, मिनी चिडिया घर तथा डाइनोसरको प्रदर्शनी, हेलिकप्टरबाट हेटौँडा नगरको दृष्यावलोकन, कृषिबाट उत्पादित फलफूल र तरकारी हस्तकला प्रदर्शनीमा राखिएको सङ्घले जनाएको छ ।

प्रदर्शनीमा तयारी पोसाक, फलपूmल, तरकारी, हस्तकलाका सामान, अटोका सामग्री, खानाको विभिन्न प्रकार र अन्य गरी करिब ४०० कक्ष राखिने छन् ।

प्रदर्शनीको अवधिभित्र करिब पाँच लाख दर्शकले अवलोकन गर्ने तथा करिब ५० करोड बराबर रूपैयाँको आर्थिक कारोबारको लक्ष्य राखेको छ ।

प्रकाशित : १८ फाल्गुन २०७२, मंगलवार ११:२९