नाटोज कार्यसमिति सर्बसम्मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

नाटोज कार्यसमिति सर्बसम्मत



nnnnnnnnnकाठमाडौं  । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को दोस्रो साधारण सभाले पुन शिव अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अहिले भरखरै कमलादीस्थित सि डब्लु पाटीहलमा सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिकारी गन्तव्य नेपाल साप्ताहिकका प्रधान सम्पादक हुनुहुन्छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा राष्ट्रिय समाचार समितिका विकास लोहनी, राजधानी दैनिकका मधुजंग पाण्डे, रेडियो नेपालका भूषण पोखरेल, न्युज २४ टेलिभिजनका संगम वानियाँ र इमेज टेलिभिजनका प्रतिक लामिछाने रहनुभएको छ ।

महासचिवमा शिखरपोष्ट डट कमका प्रकाश खालिङ निर्वाचित हुनुभएको छ भने उपमहासचिवमा राससका सिबी अधिकारी, सचिवमा नेपाल पर्यटनका भूमराज तिवारी, कोषाध्यक्षमा अर्थ र व्यापारका नवीन काफ्ले र सहकोषाध्यक्षमा गन्तव्य नेपाल न्युज डट कमका कल्पना महर्जन रहनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा स्वाभिमान नेपाल मासिकका बसन्त खड्का, बजार पत्रिकाका तिर्सना गिरी, रातोपाटी डट कमका सुजन पन्त, नेपाल वान टेलिभिनका कविता अधिकारी, माउन्टेन टेलिभिजनका भागवत भट्टराई, एबीसी टेलिभिजनका विष्णु पोखरेल, शेर्पाखबर डट कमका खिलक बुढाथोकी र एभिन्युज टेलिभिजनका शंकर पण्डित रहनुभएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७२, मंगलवार ११:५१