सानिमा बैंकको बम्पर लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकको बम्पर लाभांश



काठमाडाै । सानिमा बैंक लिमिटेडले गत आवको मुनाफाबाट २१ दशमलव शून्य ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।


भदौ १६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ११ दशमलव शून्य ५२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि सहित) वितरण गर्ने निर्णय गरेको हो ।


नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारणसभाबाट पारित गरी सो लाभांश वितरण गरिनेछ ।


हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख रहेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड पुग्नेछ ।

प्रकाशित : १९ भाद्र २०७६, बिहीबार ०८:१२