पुनःनिर्माणमा पाँच सय इन्जिनियर खटिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुनःनिर्माणमा पाँच सय इन्जिनियर खटिने



xNepal-Engineers-Associatio.jpg.pagespeed.ic.IaJuVUPZ6Fकाठमाडौं ।  नेपाल इन्जिनियर्स एसोसिएसनले भूकम्पबाट भत्किएका घर पुनःनिर्माणको परामर्श दिन पाँच सय इन्जिनियर खटाउने भएको छ।

यसअघि भत्केका घर निरीक्षणका लागि स्वयम्सेवीका रुपमा खटिएका इन्जिनियर अब मर्मतको परामर्श दिन खटिन लागेका हुन्।

“पहिलो चरणमा बस्न हुने÷नहुने घर र तिनको जोखिम बारेमा सुझाव दियौँ, दोस्रो चरणमा बिग्रे भत्केका घर निर्माणमा सुझाव दिन्छौँ”, एसोसिएसनका महासचिव किशोर झाले भने।

बस्न नहुने र जोखिमयुक्त भनिएका सबै घर भत्काउनुपर्दैन, नभत्काइकन बनाउने उपायका बारेमा उनीहरुले परामर्श दिने उनले जानकारी दिए। एसोसिएसनले आफ्ना स्वयम्सेवक इन्जिनियरलाई विदेशी विज्ञसहितको टोलीमार्फत अभिमुखीकरण तालिम दिइरहेको उनले बताए।

एसोसिएसनका स्वयम्सेवकले हालसम्म ४५ हजार ३८ घरको निरीक्षण गरिसकेका छन्। आफूहरुले निरीक्षण गरेका घरमा मौखिक सुझाव मात्रै दिइएको, स्टिकर नटाँसिएको एसोसिएसनले स्पष्ट पारेको छ।

प्रकाशित : ११ जेष्ठ २०७२, सोमबार ११:०५