दसैं तिहार अगाडी सार्वजनिक सवारीको भाडा बृद्धि नहुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दसैं तिहार अगाडी सार्वजनिक सवारीको भाडा बृद्धि नहुँने



काठमाडाै । दसैं तिहार अगाडी सार्वजनिक सवारीको भाडा बृद्धि नगरिने भएको छ  । सरकार उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैअगाडी सार्वजनिक यातायातको भाडा बृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

व्यवसायीहरुले लामो समयदेखि भाडा बृद्धिको माग गर्दै आए पनि विभागसँग छलफलमा दसैंअगाडी भाडा नबढाउने तर त्यसपछि समिति बनाएर भाडा निर्धारण गर्ने सहमति भएको हो । यसै गरी असोजको पहिलो साताबाट आग्रिम टिकट बुकिङ पनि खुलाउने विषयमा बिभाग र ब्यवसायी बीच सहमती जुटेको छ ।

प्रकाशित : २२ भाद्र २०७६, आईतवार ११:१३