डेपुटी गभर्नरमा कांग्रेस एमालेवीच भागवण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डेपुटी गभर्नरमा कांग्रेस एमालेवीच भागवण्डा



काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नियुक्त गरेको छ । । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ डेपुटी गभर्नरमा चिन्तामणि सिवाकोटी र डेपुटी गर्भनरमा शिवराज श्रेष्ठलाई नियुक्त गरेको हो ।
Nepal-Rastra-Bank_Panorama1_20111122085657
लामो समयदेखि डेपुटी गभर्नर विहिन बनेको नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरञ्जीवी नेपालको सिफारिसमा मन्त्रिपरिषदले उनीहरुलाई डेपुटीमा नियुक्त गरेको हो ।

गभर्नर डा. नेपालले गत साता १६ कार्यकारी निर्देशकबाट ४ जनाको नाम डेपुटीका लागि सिफारिस गरेका थिए । डेपुटीमा नियुक्त शिवाकोटी एमाले निकट हुन् भने श्रेष्ठ काँग्रेस निकट हुन ।

प्रकाशित : १९ फाल्गुन २०७२, बुधबार ११:१५