नागभुषण महादेव मन्दिरको स्तरोन्नतीको लागी जनता बैंकको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागभुषण महादेव मन्दिरको स्तरोन्नतीको लागी जनता बैंकको सहयोग



काठमाडौ । जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरिएको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक श्री नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको हो ।


जनता बैंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंग इकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २४ भाद्र २०७६, मंगलवार ०७:०८