नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर स्वीकृत



काठमाडौं। नेको इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई दिने भनि प्रस्ताव गरेको १५ प्रतिशत बीमा समितिबाट स्वीकृत भएको छ । त्यस्तै कम्पनीले कर प्रयोजनका लागि शुन्य दशमलव ७९५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेकोमा उक्त लाभांश पनि बीमा समितिबाट स्वीकृत  भएको छ ।

नेको इन्सुरेन्सको संचालक समितिबाट आर्थिक वर्ष २०७१/७२ को नाफाबाट प्रस्ताव भएको बोनस सेयर १५ प्रतिशत र नगद लाभांश शुन्य दशमलव ७९५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चूक्ता पूँजी २८ करोड १८ लाख रुपैयां रहेको छ भने लाभांश वितरण पश्चात चूक्ता पुंजी ३२ करोड ४० लाख रुपैयां हुनेछ ।

नगद लाभांस वितरण पश्चात कम्पनीले १ बरावर १ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय  यसअघि नै गरिसकेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७२, बुधबार ११:२१