जनक शिक्षा सामाग्री केन्द्रमा वरिष्ठ सहायकदेखि शाखा अधिकृतसम्मको पदमा ३६ जना नयाँ कर्मचारीको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जनक शिक्षा सामाग्री केन्द्रमा वरिष्ठ सहायकदेखि शाखा अधिकृतसम्मको पदमा ३६ जना नयाँ कर्मचारीको माग



काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । जनक शिक्षा सामाग्री केन्द्रले वरिष्ठ सहायकदेखि शाखा अधिकृतसम्मको पदमा ३६ जना नयाँ कर्मचारीको माग गरिएको जनाएको छ ।

जनक शिक्षा सामाग्री केन्द्रले शाखा अधिकृत पदतर्फ प्रशासन, लेखा तथा स्टोर, अफसेट, बाइण्डिङ, इलेक्ट्रिकल र सूचना प्रविधि समुहमा जम्मा १४ जना कर्मचारी आह्वान गरिएको छ । अधिकृत स्तरको पदमा सम्बन्धित समुह अन्तर्गतको शिक्षामा स्नातक गर्नुपर्छ ।

केन्द्रले सातौं तहको उप प्रवन्धक पदमा भने आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्नेछ ।
उपप्रवन्धक पदका लागि केन्द्रमै न्युनतम ६ वर्ष अधिकृत तहमा काम गरेको अनुभव हुनु पर्ने जनाएको छ ।

वरिष्ठ सहायक पदका लागि १९ जना कर्मचारी माग गरिएको छ । यस पदका पनि सम्बन्धित समुह अन्तर्गतको शिक्षामा प्लस टु उत्तीर्ण गरेको हुनु पर्ने समेत जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आजको २१ दिनभित्र केन्द्रको कार्यालय सानोठिमीमा आवदेन दिनु पर्ने जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार १२:१७