तीन देशको महावाणिज्यदूत नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तीन देशको महावाणिज्यदूत नियुक्त



काठमाडौं । सरकारले तीन देशको महावाणिज्यदूत नियुक्त गरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले कोलकोताको महावाणिज्यदूतमा एकनारायण अर्याल, ल्हासाको महावाणिज्यदूतमा गोविन्द कार्की र हङकङको महावाणिज्यदूतमा गोपाल भट्टराईलाई नियुक्त गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेलले तीन देशमा महावाणिज्यदूत नियुक्त गरिएको जानकारी दिए ।  अर्याल सूचना तथा संचार मन्त्रालयका सहसचिव हुन् । यसअघि उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए । अर्याल हुँदा खानेतेलमा कालोबजारी गरेको आरोपमा केएल दुगड समूहलाई कारवाही गरेका थिए । नाकाबन्दीको समयमा खानेतेलको मूल्य तेब्बरसम्म बनाएको भन्दै कारवाही गरेका अर्याललाई सरुवा गरिएको थियो ।

प्रकाशित : १९ फाल्गुन २०७२, बुधबार १०:३७