विहारका मुख्यमन्त्री काठमाडौँमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विहारका मुख्यमन्त्री काठमाडौँमा



काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटनसत्रमा भाग लिन विदेशी पाहुनाहरु यहाँ आउने क्रम जारी रहेको छ । यस क्रममा भारत विहारका मुख्यमन्त्री नीतिश कुमार र बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु आज यहाँ आइपुग्नुभयो ।

उहाँहरुलाई नेका विदेश विभागका सदस्यहरु मनमोहन भट्टराई, डा दिनेश भट्टराई, डा सुरेश चालिसे र राकेश हमालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

महाधिवेशनमा भाग लिन सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला आज साँझ आउनुहुने कार्यक्रम रहेको छ । काँग्रेसको महाधिवेशन भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ ।

प्रकाशित : १९ फाल्गुन २०७२, बुधबार ११:४७