बैंकर्स तथा उद्योगी विष्णु धितालले दिए केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकर्स तथा उद्योगी विष्णु धितालले दिए केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा



काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यहरुको उम्मेद्वारी घोषणा हुने क्रम जारी छ । बैंकर्स तथा उद्योगी–व्यवसायीहरुले पनि उम्मेद्वारी घोषणा गरिरहेका छन् । बैंकर्स तथा उद्योगी विष्णु धितालले पनि प्रदेश नम्बर ४ बाट केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । नेवि संघ तथा तरुण दलमा करिब १०÷१० बर्ष काम गरेका गरेका उनी लमजुङ क्षेत्र नम्बर १ बाट क्षत्रीय सभापति भएर काम गरिसकेको अनुभव सुनाए ।

धितालले यतबेला नेपालीको ध्यान राजनीतिमा मात्रै केन्द्रित भएकाले देशलाई आर्थिक समृद्धिमा तर्फ लैजान केन्द्रीय राजनीतिमा आउने सोच बनाएको बताए । ‘युवाहरुलाई उद्यमशिल बनाउन साथै पार्टीलाई कार्यकर्तामुखी नभई नीतिमुखी बनाउन मेरो उम्मेदवारी हो ।’

कांग्रेसभित्र भ्रष्टाचार मौलाउँदै गएकोले त्यसलाई रोक्न र आर्थिक समृद्धिका लागि सिंगो पार्टीलाई अभिपे्ररित मेरो सोच रहेको छ, उनले भनेः‘त्यसैले यतिबेला नेताले मालिक होइन सेवक बन्नुपर्छ ।’

पृथक योजना

काठमाडौंमा चल्ने सफाटेम्पो (विद्युतीय गाडी) को अध्यक्ष समेत रहेका धिताल एपेक्स डेभलपमेन्ट बैंकको अध्यक्षका अध्यक्ष हुन । बैंकिङ क्षेत्र तथा उद्योग व्यवसायीका रुपमा उनले समृद्ध नेपालको खाका पनि तयार पारेका छन् । उनले पहिलो प्राथमिकतामा युवालाई स्वेदशमै रोजगारीको अवसर सिर्जना गर्न साना उद्योगहरुमा लगानी बढाउनु पर्ने अवधारणा तयार पारेका छन् ।

बीपीले भनेजस्तो ‘टोपीको घेरा फाटेको, भोटो र चोली फाटेका’सँग कांग्रेसले अन्तरक्रिया गर्नुपर्ने साथै उद्यमशीलतामार्फत दूरदराजका दलित, अल्पसंख्यक र सीमान्तकृतलाई हामीले उकास्न कांग्रेसले अवधारणा बनाउन उनको सुझाव छ ।

गाउँ–गाउँमा समृद्धि छाएपछि बल्ल देश विकासको बाटोमा अघि बढ्छ । त्यसका लागि कांग्रेसले १३औं महाधिवेशनसँगै समृद्धिको यात्रामा जाने निर्णय गर्नुपर्छ । कांग्रेसको सिद्धान्त राम्रो भए पनि यसलाई व्यवहारमा उतार्ने उनको योजना छ । कांग्रेसभित्र नेताले कार्यकर्तालाई नोकर या दास सम्झने प्रवृत्तिको तत्काल अन्त्य गराउने तर्फ पहल गर्नुपर्ने उनको सुझाव छ ।

राजनीतिक यात्रा

२०४६ सालको आन्दोलनमा नेविसंघको ब्यानरमा मोर्चा सम्हालेका धिताल तरुण दलको केन्द्रीय सदस्य भइसकेका छन् । नेवि संघको क्षेत्रीय सभापतिका रुपमा समेत काम गरेका उनी पटक–पटक गरी नौ महिनाभन्दा बढी समय जेल बसिसकेका छन् । ०४६ को आन्दोलनमा ६ महिना र प्रतिगमनविरुद्धको आन्दोलनमा तीन महिना जेल परेंका उनी कानुनमा बीएल साथै एमबीए गरेका युवा हुन ।

प्रकाशित : २० फाल्गुन २०७२, बिहीबार ०५:३६