नेपाल एग्रो लघुवित्तले नगदकाे सट्टा बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल एग्रो लघुवित्तले नगदकाे सट्टा बोनस दिने



काठमाडाै । नेपाल एग्रो लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । लघुवित्तले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांशलाई बोनसमा परिवर्तन गरेको हो ।

सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६७० रुपैयाँ बोनस वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले यस अघि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लघुवित्तको पूँजीकोषमा नगद लाभांशको लागि पर्याप्त रकम नभएको तर बोनस शेयर र कर प्रयोजनको लागिआवश्यक रकम पुग्ने देखिएपछि बोनस शेयर वितरण गर्ने निर्णय गरेको लघुवित्तले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ११:२५