सिद्धार्थ बैंकले कति दिने भयो लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिद्धार्थ बैंकले कति दिने भयो लाभांश ?



काठमाडाै । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष ७५/७६ को मुनाफबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले १० प्रतिशतले हुन् आउने ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बराबरको बोनस शेयर र १५.२६ प्रतिशतले हुन् आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पूंजी ८ अर्ब ८८ करोड ७६ लाख रहेको छ ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ११:४३