डेपुटी गभर्नर गभर्नरको शपथ, अधिकांश कार्यकारी निर्देशकको बहिष्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डेपुटी गभर्नर गभर्नरको शपथ, अधिकांश कार्यकारी निर्देशकको बहिष्कार



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं  । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरद्वय शिवराज श्रेष्ठ र चिन्तामणि सिवाकोटीले बिहीबार शपथ लिएका छन् । राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा उनीहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् । बुधबार सरकारले श्रेष्ठ र सिवाकोटीलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो ।

शपथग्रहण कार्यक्रम राष्ट्र बैंकका अधिकांश कार्यकारी निर्देशकहरूले बहिष्कार गरेका छन् । राष्ट्र बैंकमा कार्यरत १५ जना कार्यकारी निर्देशकमध्ये ८ जनाले कार्यक्रम बहिष्कार गरे ।

शपथग्रहण कार्यक्रममा कार्यकारी निर्देशकहरू त्रिलोचन पंगेनी, डा. मीनबहादुर श्रेष्ठ, नारायणप्रसाद पौडेल, हरिप्रसाद काफ्ले, डा. विनोद आत्रेय, जनकबहादुर अधिकारी, महेश भट्टराई र नरबहादुर थापा अनुपस्थित रहे । तर, राजनविक्रम शाह, डा. शंकरप्रसाद आचार्य, लक्ष्मीप्रपन्न निरौला, भिष्मराज ढुंगाना, शिवनाथ पाण्डे र कामु कार्यकारी निर्देशक ख्यामनारायण ढकाल कार्यक्रममा उपस्थित थिए ।

निकै कनिष्ठलाई डेपुटी गभर्नर बनाएको भन्दै असन्तुष्टिस्वरूप उनीहरू कार्यक्रममा नगएको एक कार्यकारी निर्देशकले बताए । उनले भने, ‘यो हाम्रो मौन असन्तुष्टि हो ।’ यद्यपि, राष्ट्र बैंकमा डेपुटी गभर्नरको शपथग्रहण कार्यक्रममा उपस्थित नहुने प्रवृत्ति पुरानै हो । विगतमा आफू डेपुटी नभएको वा कनिष्ठलाई डेपुटी बनाएकोलगायत कारण धेरैले जागिरबाट राजीनामासमेत दिएका उदाहरण छन् ।

शपथग्रहणपछि आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आफूले चाहेर पनि सबै कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बनाउन नसकेको बताएको नयाँपत्रिकाले लेखेको छ  । ‘डेपुटी गभर्नर हुन नपाएकै कारण दुखी नहुनुहोस् ।’ गभर्नर नेपालले भने,

प्रकाशित : २१ फाल्गुन २०७२, शुक्रबार ०७:५१