स्यानफोर्ड ब्राण्डको नेपालमा दोश्रो वर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्यानफोर्ड ब्राण्डको नेपालमा दोश्रो वर्ष



काठमाडौं। विश्वस्तरीय होम अप्लाईन्स जापानीज ब्राण्ड स्यानफोर्डको नेपालको लागि आधिकारीक विक्रेता भिजी प्योर प्रालि ले बुधबार नेपालमा दुई वर्ष  पूरा गरेको छ ।
आफ्ना सबै उत्पादनमा प्रविधि र गुणस्तरमा  विशेष ध्यान दिेने भएकोले यो ब्राण्ड नेपालमा अधिकतम रुपमा रुचाइएको छ। स्यानफोर्डका विभिन्न आकर्षक प्रडक्टहरु किफायति मूल्यमा नेपाली बजारमा उपलब्ध  छ । मध्यपूर्व र अफ्रिकाका देशमा विशेष रुचाइएको यो ब्राण्डका उत्पादनले नेपालमा पनि लोकप्रियता बटुल्दै गरेको कम्पनीले जनाएको छ।
एक कार्यक्रम आयोजना गरि स्यानफोर्डले विगत दुई वर्षदेखि नेपालमा गरेको उपलब्धिको बारेमा उपस्थित सबैलाई जानकारी दिएको थियो।
स्यानफोर्डका १५ सय प्रडक्टहरुमध्ये नेपालमा हाल २०० प्रडक्ट रहेको र अझ बढी प्रडक्टहरु नेपालमा भित्र्याउने लक्ष्य रहको कम्पनीले जानकारी दिएको।
स्यानफोर्डका ड्रम भ्याकुम क्लिनर, जुस ब्लेन्डर, ग्यास स्टोभ र सौन्दर्य ग्याजेट नेपाली बजारमा विशेष मन पराइएको छ । स्यानफोर्डका साथै भिजी प्योर प्रालि ले बेलायती ब्राण्डहरु अगारो र भारतीय ब्राण्ड अराइज, प्रीथी र केन्टका उत्पादनहरु पनि नेपालमा बिक्री गर्दै आएको छ।

प्रकाशित : १ चैत्र २०७२, सोमबार ११:३७