सवारी साधनको क्षमता भन्दा बढी बजन बोक्न रोक लगाऔ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

सवारी साधनको क्षमता भन्दा बढी बजन बोक्न रोक लगाऔ



सडकमा सवारी चलाउदा र सडक तथा फुटपाथ प्रयोग गर्दा निम्न कुराहरुमा ध्यान दिन सबैमा  अनुरोध छ ।

yatyat
१) दुई वा दुई भन्दा बढी लेन भएको सडकमा  गाडी चलाउदा लेन अनुशासन पालना गरौँ
२) सडकमा बाटो काट्नुपर्दा जेब्रा क्रसिङ, आकाशेपुल सव–वे अथवा पेकिन बत्ती वा कुनै नभएको ठाउमा सुरक्षित ठाउबाट बाटो काटौँ ।
३)चोकमा बत्त भएको छाउमा पैदल यात्रीले पैदल यात्राका लागि व्यवस्था गरिएको हरियो बत्ती तथा सवारीचालकले सवारी साधनको लागि व्यवस्था गरिएको हरियो बत्ती चले पछि मात्रै सवारी अगाडी बढाऔँ ।
४)सवारी चलाउदा वा बाटो काट्दा मोबाईल फोनको प्रयोग नगरौँ ।
५) जथाभावी ओभरटेक नगरौ, दाहिनेपट्टीबाट अथवा  अगाडीको गाडीले संकेत दिए पछि मात्रै ओभरटेक गरौँ। विपरित दिशाबाट आउने सवारी साधनको लेनमा प्रवेश नगरौँ ।
६)पै्रदल यात्रीले जान अनजानमा बाटो काट्न लागेको छ भने गाडी रोकौ र पैदलयात्रीलाई प्रथामिकता दिऔँ।
७)विभिन्न क्षमता भएको)शारीरिक कम्जोर तथा दृष्टिविहिन) नागरिकलाई प्रथामिकता दिइ सहयोग गरौँ ।
८(निश्चित तोकिएको ठाउमा(बस स्टप तथा टेम्पो स्टप)बाट मात्र यात्रु चढाउने र ओराल्ने गरौँ
९) सडक बिभागको मापदण्ड तथा सवारी साधनको क्षमता भन्दा बढी बजन बोक्न रोक लगाऔँ ।
हामी सबैले टाफिक नियमको पालना गरो र गर्न लगाउँ दुर्घटनाबाट बचौँ र बचाऔँ ।
डिभिजन सडक कार्यलय काठमाडौ १, मिनभवन

प्रकाशित : २ चैत्र २०७२, मंगलवार ०५:१७