वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी



काठमाडाै । वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी भएको छ। लोकतान्त्रिक फोरम समूहबाट अध्यक्षमा उम्मेद्वारी दिएका विष्णुप्रसाद गैरको प्यानल नै विजयी भएको हो।

लोकतान्त्रिक फोरम प्यानलबाट उम्मेदवारी दिएका विष्णुप्रसाद गैरे अध्यक्ष पदमा विजयी भएका छन्। उनले ३ सय ३० मत ल्याई प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरेका हुन्।

मंगलबार भएको संघको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्यानलले नै जीत हासिल गरेको छ।

संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका कमल तामाङ विजयी भएका छन्। त्यस्तै, कमल देव मल्ल द्वितीय उपाध्यक्षमा ३ सय २२ मत, किशोर कुमार केसी तृतीय उपाध्यक्षमा ३ सय ६० मतसहित विजयी भए।

महासचिवमा सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरे। सचिवमा मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा इन्दिरा गुरुङले ३ सय ६७ मत ल्याई विजयी भए।

संघको सदस्यमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर इजमएलन ओभरसिज प्रालिका छविलाल भट्टराई, त्रिवेणी ओभरसिज प्रालिका लक्ष्मण पौडेल निर्वाचित भए।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १३:२०