आयल निगमले तिर्यो ३ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयल निगमले तिर्यो ३ अर्ब



oil nigamकाठमाडौं । नाफामा गएपछि आयल निगमले सरकारको तीन अर्ब रुपैयाँ ऋण तिरेको छ । निगमले सरकारको १२ अर्ब ६४ करोड रुपैयाँ ऋण मध्ये तीन अर्ब रुपैयाँ तिरेको हो ।

निगमको ऋण अब ९ अर्ब ६४ करोड रुपैयाँ बाँकी छ । अर्थमन्त्रालयले तेल आपूर्तिका लागि लिएको ऋण तिर्न ताकेता गरेपछि निगमले सोमबार ऋण तिरेको हो । निगमले सरकारी ऋणलाई प्राथमिकतामा राखेर तिर्ने जनाएको छ । निगमले पुँजी वृद्धिको निर्णय गर्दै सरकारी ऋणलाई पुँजीकरण गर्ने मनसाय व्यक्त गरेको थियो । तात्कालिन अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारी ऋणलाई पुँजीकरण गर्ने निर्णय गरेका थिए । तर अहिले अर्थमन्त्रालयले ऋणलाई पुँजीकरण नगर्ने भन्दै तिर्न ताकेता गरेको हो ।

अर्थमन्त्रालयले नाफामा गएको बेला सरकारी ऋण तत्काल तिर्न निगमलाई निर्देशन दिएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ३० अमेरिकी डलरमा पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२ वर्षकै कममा झरेपछि निगम नाफामा गएको भन्दै गत वर्ष ९० करोड रुपैयाँ बोनस बाँड्ने निर्णय गरेको थियो । अर्थले निगमलाई सबै ऋण नतिरी बोनस नबाँड्न निर्देशन दिइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अनुसार समायोजन नगरी उच्च नाफा गरेर निगमले नाफा गरिरहेको छ । अहिले पनि निगमलाई पेट्रोल एक लिटरमा २७ रुपैयाँ भन्दा बढी छ ।

प्रकाशित : २ चैत्र २०७२, मंगलवार ०५:४९