आतंकवाद हटाउन गरिबी घटाउन आवश्यकः सुरज वैद्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आतंकवाद हटाउन गरिबी घटाउन आवश्यकः सुरज वैद्य



काठमाडौ । सार्क क्षेत्रमा लगानी बढाउने र रोजगारी बृद्धि गर्ने निर्णयसहित सार्क उद्योग वाणिज्य संघको ६५औं कार्यकारी समितिको बैठक मंगलबार सकिएको छ ।काठमाडौंमा सम्पन्न उक्त बैठकले आगामी दुई वर्षका लागि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यलाई अध्यक्षमा निर्वाचित पनि गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा समग्र सार्क क्षेत्रको आर्थिक विकासका लागि विश्व समुदायको लगानी भित्र्याउन पहल गर्ने, युवालाई व्यवसायमा आकर्षित गर्ने, रोजगारी बृद्धि गर्न सरकारसँग सहकार्य गर्ने जानकारी गराइयो । सार्क चेम्बरका अध्यक्ष वैद्यले नेपालमा लगानी बढाउन सार्क राष्ट्रका लगानीकर्ता इच्छुक रहेको भन्दै त्यसको वातावरण सरकारले बताउनुपर्ने बताए ।

लगानी आकर्षणका लागि सार्क औद्योगिकपार्क स्थापना गर्न जग्गा उपलब्ध गराउन उनले आग्रह गरे । संविधानलाईमात्रै समातेर लगानी नआउने उनको भनाइ थियो ।

उनले सार्क क्षेत्रमा आतंकवाद हटाउन पनि गरिबी घटाउन अतिआवश्यक रहेकोमा जोड दिए । सार्क चेम्बरका वरिष्ठ उपाध्यक्ष अजितले नेपालको जलविद्युत र पर्यटनमा लगानी गर्न इच्छुक रहेको बताए ।
उपाध्यक्ष ओमराज राजभण्डारीले नेपालसहित सार्क क्षेत्रमा ‘स्मार्ट ग्रीन कम्यूनिटी भिजेल’ कार्यक्रम सन्चालन गर्ने जानकारी दिए ।

सार्क चेम्बरले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रकाशित : २ चैत्र २०७२, मंगलवार १४:५८