खटपटलाई साम्य पार्न राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको जिम्मेवारीमा व्यापक हेरफेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खटपटलाई साम्य पार्न राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको जिम्मेवारीमा व्यापक हेरफेर



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं । नेपाल राष्ट्र बैंकले  कार्यकारी निर्देशकहरुको सरुवा गर्नुका साथै नयाँ पदस्थापना गरेको छ । गभर्नर कार्यालयमा रहेका कार्यकारी निर्देशक त्रिलोचन पङ्गेनीलाई मानव संशाधन विभाग, विकास बैंक तथा वित्तिय संस्था सुरपरिवेक्षणका कार्यकारी निर्देशक हरि काफ्लेलाई गभर्नर कार्याल र सामान्य सेवाका लक्ष्मी प्रपन्न निरौलालाई विकास बैंक तथा वित्तिय संस्था सुरपरिवेक्षण विभागमा सरुवा गरिएको हो । अन्य कार्यकारी निर्देशकलाई यथावत् राखिएको छ ।

त्यस्तै, नोट व्यवस्थापन विभागको जिम्मेवारी भुवन कँडेललाई कामु कार्यकारी निर्देशकको रुपमा सुम्पिएको छ । सामान्य सेवा विभागमा रमेश पोखरलेललाई कामु कार्यकारी निर्देशक बनाइएको नेपाल  राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार डेपुटी गभर्नर नियुक्तीमा देखिएको खटपटलाई साम्य पार्न जिम्मे्वारीमा व्यापक हेरफेर गरिएको हो ।

केहि समय अगाडी  डेपुटी गभर्नरको शपथग्रहण कार्यक्रम राष्ट्र बैंकका अधिकांश कार्यकारी निर्देशकहरूले बहिष्कार गरेका थिए । राष्ट्र बैंकमा कार्यरत १५ जना कार्यकारी निर्देशकमध्ये ८ जनाले कार्यक्रम बहिष्कार गरेका थिए ।

शपथग्रहण कार्यक्रममा कार्यकारी निर्देशकहरू त्रिलोचन पंगेनी, डा.मीनबहादुर श्रेष्ठ, नारायणप्रसाद पौडेल, हरिप्रसाद काफ्ले, डा. विनोद आत्रेय, जनकबहादुर अधिकारी, महेश भट्टराई र नरबहादुर थापा अनुपस्थित रहे । तर, राजनविक्रम शाह, डा.शंकरप्रसाद आचार्य, लक्ष्मीप्रपन्न निरौला, भिष्मराज ढुंगाना, शिवनाथ पाण्डे र कामु कार्यकारी निर्देशक ख्यामनारायण ढकाल कार्यक्रममा उपस्थित थिए ।

निकै कनिष्ठलाई डेपुटी गभर्नर बनाएको भन्दै असन्तुष्टिस्वरूप उनीहरू कार्यक्रममा नगएका हुन ।  कनिष्ठ र बरिष्ठको कलहका कारण दैनिक काम कारबाहीमा समेत असर पर्न थालेकोे थियो ।  विगतमा आफू डेपुटी नभएको वा कनिष्ठलाई डेपुटी बनाएकोलगायत कारण धेरैले जागिरबाट राजीनामासमेत दिएका उदाहरण छन् ।

प्रकाशित : २ चैत्र २०७२, मंगलवार १६:१५