यी हुन् फेसबुक म्यासेन्जरमा थप नयाँ सुविधाहरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी हुन् फेसबुक म्यासेन्जरमा थप नयाँ सुविधाहरू



messenger-spotify-search-568x500अव फेसबुक म्यासेन्जरमा म्यूजिक राख्न मिल्ने नयाँ फिचर थप गरेकाे छ । जसकारण म्यासेन्वजरबाट गीत सेयर गर्न सकिने छ । यस फिचरको माध्यमबाट प्रयोगकर्ताले म्यासेन्जर च्याटमा ‘More’  भन्ने सेक्सनमा विभिन्न थ्रेडहरु देख्न सकिन्छ, जहाँ प्रयोगकर्ताहरुले स्पोटिफाई ‘Spotify’ ओपन गर्ने विकल्प हुनेछ । यसमा क्लिक गरेपछि सिधै म्यूजिक एप खोलेर आफूले चाहेको कुनै पनि गीत छान्न सकिनेछ । उक्त स्पोटिफाई अप्सनलाई ट्याप गरेपनि स्वचालितरुपमा स्पोटिफाई एपमा जोडिन पुग्नेछ जहाँ प्रयोगकर्ताहरुले “सर्च फर समथिंग टू शेयर” Search for something to share भन्ने सर्च अप्सनबाट सर्च गर्न सक्नेछन् । यो फिचर आइओएस र एन्ड्रोइडका लागि उपलब्ध छ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार ०३:०७